News by: helpline
काठमाडौं । सरकारले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद २५ दिन थपेको छ ।
सरकारले आयोगको म्याद तेस्रो पटक थपेको हो । आयोगको दोस्रो पटक थप गरिएको म्याद माघ २८ गते बुधबार सकिँदैछ । सो आयोगको म्याद पुनः थप गर्ने निर्णय गरिएको नेपाल सरकारका प्रवक्ता समेत रहनु भएका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।
आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद २५ दिन थप गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभएको हो ।
असोज ५ गते गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई सुरूमा ३ महिनाको समय सीमा दिइएको थियो तर काम नसकिएको भन्दै आयोगले समय मागेपछि पहिलोपटक १ महिना र पछिल्लो पटक २० दिन समय थपिएको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,