News by: helpline
काठमाडौं । सिरहा जिल्ला सदरमुकामस्थित जिल्ला अदालत नजिकै रहेको भवनमा बुधबार बम विष्फोट भएको छ ।
विष्फोटमा परेर एक जना सहयोगी घाइते भएका छन्। बुधबार दिउँसो करिब ४ बजेतिर सुतली बम विस्फोट भएको हो । जिल्ला प्रहरी कार्यलय प्रमुख एवं प्रहरी उपरीक्षक वासुदेव पाठकका अनुसार जिल्ला बार एसोसिएसनको भवनमा सटर लिएर ल फर्म चलाइरहेका कानुन व्यवसायी अधिवक्ता मकसुदन यादको ‘ल फर्मम’मा विष्फोट भएको हो ।
विष्फोटमा फर्ममा काम गर्ने ३५ वर्षीय सहयोगी सौरभ यादवको हात र खुट्टामा चोट लागेको छ । चोट लागेका यादवलाई प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको छ । विष्फोट भएको ठाउँमा कुनै पर्चा पम्पलेट फेला नपरेकोले विष्फोट कसले किन गराएको यकिन नभएको प्रहरी प्रमुख पाठकले बताउनुभयो ।
विष्फोट गराउने समूहको खोजीमा प्रहरी लागि सकेको पाठकको भनाई छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,