News by: helpline
एजेन्सी । इजरायली सेनाले इरानको राजधानी तेहरानमा सैन्य पूर्वाधारलाई लक्षित गर्दै हमलाको नयाँ चरण शुरु गरेको बताएको छ।
गत शनिबार इजरायल र अमेरिकाले इरानमा आक्रमण गरेपछि मध्यपूर्व र खाडी मुलुकहरुमा तनाव उत्पन्न भएको छ । दुबै देशले गरेको आक्रमणमा इरानका सर्वाेच्च नेता आयतोल्लाह अली खामेनेई लगायतका उच्च तहका नेताहरु मारिएका छन् । गत शनिबार इरानको एउटा बिद्यालयमा आक्रमण हुँदा १६० जना भन्दा बढी बालबालिकाको मृत्यु भएको छ ।
हिजो बुधबार श्रीलंका नजिकै हिन्द महासागरमा अमेरिकाले इरानी युद्धपोतमा आक्रमण गरेको थियो । सो घटनामा ८० सैनिकको मृत्यु भएको पुष्टि भएको छ। जसमा १८० जना सवार रहेको बतायएको छ । अमेरिकी पनडुब्बीको टर्पेडो आक्रमणबाट उक्त युद्धपोत जहाज डुबेको बताइएको छ ।
यसैबीच अमेरिकी सांसदहरूले युद्धको विरुद्धमा मतदान गरेका छन् । जसले राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानमा थप सैन्य कारबाहीको आदेश दिने क्षमतालाई सीमित पारेको बताइएको छ । अमेरिका र इजरायलको आक्रमणमा परी हालसम्म इरानमा एक हजार जना भन्दा बढी सर्वासाधारणको मृत्यु भएको जनाइएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक