News by: helpline
काठमाडौं । नेपाल आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटमा दुईपल्टको विश्वविजेता इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ ।
समूह ‘सी’ अन्तर्गत आइतबार सम्पन्न खेलमा इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन मात्र बनाउन सक्यो। मुम्बईको वानखडे रंगशालामा उपस्थित १७ हजार मध्ये अधिकांश समर्थक नेपाली रहेका थिए । त्यहाँ नेपालले अन्तिम बलसम्म इंग्ल्यान्डको प्रतिरोध गरेको थियो ।
नेपालका ओपनर कुशल भुर्तेल र आसिफ शेखले ३७ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाएका थिए। तर, तेस्रो ओभरमा आसिफ शेख ५ बलमा लियाम एन्ड्र्यु डसनको बलमा क्याच आउट भए। त्यसपछि ५.२ ओभरमा ४२ रन बनाउँदा कुशल भुर्तेल पनि विल जाक्सको बलमा क्याच आउट हुँदै पेभेलियन फर्किए।
कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले ८२ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपाललाई जिततर्फ डो¥याउने प्रयास गरे। तर, खेलको १५औं ओभरमा दीपेन्द्र साम करनको बलमा टम बन्टनद्वारा क्याच आउट भएपछि खेलले नयाँ मोड लियो। दीपेन्द्रले २९ बलमा ६ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ४४ रन बनाए। कप्तान रोहितले ३४ बलमा २ चौका र २ छक्कासहित ३९ रन जोडे। ओपनर कुशल भुर्तेलले २९ रन बनाउँदा लोकेश बमले २० बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३९ रनको आक्रामक इनिङ्स खेले। अन्तिम ओभरमा नेपाललाई जितका लागि १० रन आवश्यक थियो।
दबाबपूर्ण अवस्थामा नेपालले अन्तिम बलसम्म खेल तान्न सफल भए पनि आवश्यक रन बनाउन नसक्दा खेल ४ रनले इङ्ल्यान्डको पक्षमा गयो।
इङ्ल्यान्डका लियाम एन्ड्र्यु डसनले सर्वाधिक २ विकेट लिए। विल जाक्स, साम करन, जोफ्रा आर्चर र लुक वुडले समान १–१ विकेट लिए।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने