News by: helpline
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले मुलुकको राजनीतिक इतिहासबाट पाठ सिक्दै अबका दिनमा कुनै पनि प्रकारको हिंसात्मक संघर्षको पुनरावृत्ति हुन नदिने संकल्प गर्नुपर्ने बताउनु भएको छ ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले आगामी दिनमा नेपाली जनताले फेरि कहिल्यै रगत बगाउनु नपरोस् भन्ने साझा प्रतिबद्धता जनाउन सबै दलहरूलाई आग्रह गर्नुभयो । नेता आङ्देम्बेले दल फरक भए पनि सबै एउटै देशका नागरिक भएको उल्लेख गर्दै राष्ट्रिय एकताको आवश्यकता रहेको औंल्याउनु भयो ।
उहाँले सबै राजनीतिक शक्ति एउटै “नौकामा” रहेको भन्दै देशको राजनीतिक इतिहास स्मरण गर्दै ००७ सालको क्रान्तिदेखि २०४६ को जनआन्दोलन, सशस्त्र द्वन्द्व, ०६२/०६३ को जनआन्दोलन, मधेस आन्दोलनलगायत विभिन्न संघर्षहरूमा ज्यान गुमाएका सहिदप्रति सम्मान प्रकट गर्न आग्रह गर्नुभयो ।
नागरिकमा नयाँ आशा, विश्वास र भरोसा जगाउने जिम्मेवारी राजनीतिक दलहरूकै भएको उहाँको भनाई छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,