News by: helpline
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले ४८ घण्टाभित्र होर्मुज नाका पूर्ण रूपमा खुला नगरे, अमेरिकाले इरानी पावर प्लान्टहरू ध्वस्त पार्ने चेतावनी दिनुभएको छ ।
ट्रम्पले सामाजिक संजाल ट्रुथ सोसलमार्फत यस्तो चेतावनी दिनुभएको हो । होर्मुज नाका विश्वव्यापी ऊर्जा र व्यापार मार्गको लागि अत्यन्त महत्वपूर्ण मानिएको छ ।
यस मार्गबाट विश्वको करिब एक‑पाँचौँ तेल र प्राकृतिक ग्यास आपूर्ति हुन्छ । क्षेत्रीय तनाव हाल उच्च स्तरमा पुगेको छ । अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि इरानले होर्मुज जलमार्ग बन्द गराएको छ जसका कारण एशिया र युरोपमा इन्धनको चरम अभाव देखिएको छ ।
होर्मुज जलमार्ग हुँदै इन्धन ढुवानी गर्न जाने पानी जहाजहरुलाई इरानले निशाना बनाएकाले यो मार्ग लगभग ठप्प अवस्थामा छ । ट्रम्पले गत शुक्रबार इरानमाथि आक्रमणको उद्धेश्यहरू पुरा भईसकेको बताए पनि इरानलाई नयाँ चेतावनी दिनुभएको हो । उता, ट्रम्पको धम्कीपछि इरानले पनि खाडी क्षेत्रका उर्जा केन्द्रहरुलाई निशाना बनाउने धम्की दिएको छ ।
खाडी क्षेत्रमा रहेका अमेरिका सम्वद्ध रहेका उर्जा केन्द्रहरुमा आक्रमण गर्ने धम्की दिएको हो । साथै, संयुक्त अमेरिकी‑इजरायली अभियान चौथो सातामा प्रवेश गरेको छ, जसले विश्वव्यापी जल यातायातमा अवरोध ल्याएको छ र तेलको मूल्यमा तीव्र वृद्धि भएको छ । तेलको मूल्य करिब ५० प्रतिशतले बढेको छ ।
अमेरिकाको खजाना विभागले ३० दिनका लागि इरानी तेलमाथि प्रतिबन्ध अस्थायी रूपमा हटाएको छ, ताकि होर्मुजमा अवरोधका कारण तेल आपूर्ति प्रभावित नहोस् ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,