News by: helpline
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केनद्रीय सदस्य हिमेश पन्तको उजुरीका आधारमा जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा लगिएको छ।
श्रेष्ठलाई लिन ब्युरोको टोली शनिबार बिहान नख्खुस्थित निवासमा पुगेको थियो। साइबर ब्युरोका उच्च स्रोतका अनुसार श्रेष्ठविरुद्ध ठाडो निवेदन परेपछि छलफलका लागि बोलाइएको हो। समाचारको विषयलाई लिएर पन्तले हिजो श्रेष्ठविरुद्ध साइबर ब्युरोमा निवेदन दिएको बताइएको छ । श्रेष्ठले पनि पन्तविरुद्ध ब्युरोमै निवेदन दिनुभएको छ ।
ब्युरो स्रोतका अनुसार दुवै पक्षलाई सँगै राखेर छलफल गराउने तयारी गरिएको छ। श्रेष्ठलाई यसअघि साउन २७ गते उपसमामुखको बारेमा समाचार लेखेको भन्दै काठमाडौं प्रहरी परिसरले नियन्त्रणमा लिएको थियो। त्यसक्रममा प्रहरीले श्रेष्ठको निवासमा खानतलासी गरी ल्यापटप, कम्प्युटरलगायत विद्युतीय सामग्री नियन्त्रणमा लिएको थियो।
तर प्रमाण नभेटेपछि सर्वोच्च अदालतले थुनामुक्त गरी हाजिरी जमानी वा तारिखमा राखेर अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको थियो। सर्वोच्चको आदेशपपछि श्रेष्ठ भदौ १ गते हिरासतमुक्त हुनुभएको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक