News by: helpline
काठमाडौं । नेपाली कांग्रेसले पूर्वमन्त्री तथा वरिष्ठ पत्रकार होमनाथ दाहालको निधनमा तीन दिन पार्टीको झण्डा झुकाउने निर्णय गरेको छ ।
काग्रेसको केन्द्रीय कार्य समितिको शनिबारको बैठकले दाहालको सम्मानमा तीन दिन (पुस २६, २७ र २८) पार्टीको झन्डा झुकाउने निर्णय गरेको हो । कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज बसेको केन्द्रीय कार्यसमिति बैठकले केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झन्डा आधा झुकाउने निर्णय गरेको हो ।
पुस २७ गते सबै कार्यालय बन्द गरिने र स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राखिने पनि निर्णय गरिएको छ । साथै, दाहालको सम्बन्धित गृह जिल्ला ओखलढुङ्गामा १३ औं दिन शोकसभाको आयोजना गरिनेछ ।
दाहालको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन भएको थियो । केन्द्रीय कार्यसमितिले उनको निधनप्रति शोक प्रस्ताव पारित गर्दै परिवारजन र आफन्तप्रति समवेदना व्यक्त गरेको छ । दाहाल नेपाल पत्रकार महासंघका पूर्वसभापति, राष्ट्रपुकार साप्ताहिकका सम्पादक तथा प्रकाशक र गोरखापत्र संस्थानका पूर्वअध्यक्ष हुनुुहुन्थ्यो ।
उहाँ २०५६ सालको आम निर्वाचनमा ओखलढुङ्गा जिल्लाबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको थियो । उहाँले कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी पनि सम्हाल्नु भएको थियो । दाहालको शनिबार पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,