News by: helpline
काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये बिहिबार थप आठ जनाको शव भेटिएको छ ।
योसँगै यही असोज ११ गते गएको हिमपहिरोमा परी ज्यान गुमाउने आरोहीको संख्या १५ पुगेको छ । बिहिबार बिहान चार जनाको शव भेटिएकामा बिहिबार दिउँसो थप चार जनाको शव भेटिएको थियो । यसअघि सात जनाको शव भेटिएको थियो ।
हिम्लुङ हिमपहिरोमा परेर अझै एक जना हराइरहेका जनाइएको छ । दुई जनाको शव सदरमुकाम चामे ल्याइएको छ र बाँकी छ शव फूगाउँसम्म ल्याइएको छ । रात परिसकेकाले हेलिकप्टर उडान नहुादा शुक्रबार अरु शव ल्याइने भएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत आज ती शव ल्याइएको हो ।
हिमालको आधार शिविरमा यही असोज ११ गते बिहान हिमपहिरो गएको थियो । उक्त क्षेत्रमा नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशन (एनएनएमजीए)ले खोज तथा उद्धारका लागि ११ सदस्यीय उद्धार दक्ष टोली खटाएको छ ।
यसैगरी नेपाली सेनाको टोलीले स्थानीय तथा अन्य सुरक्षा निकायसँगको समन्वयमा चामे गाउँपालिका–४ स्थित ठाडो खोलामा पहिरोका कारण थुनिएको मस्र्याङ्दी नदीको बहाव खुलाउने तथा अवरुद्ध विद्युत् प्रसारण लाइन सुचारु गर्ने कार्य पनि गरिरहेको जनाइएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक