News by: helpline
काठमाडौं । विशेष अदालतले घुस लिएर भ्रष्टाचारको आरोप लागेका पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा राख्न आदेश दिएको छ ।
गुप्ता पोखराको बाटुलेचौर जग्गा प्रकरणमा मुछिनुभएको थियो । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनलाई थुनामा पठाउनु पर्ने आदेश गरेको हो । बुधबार विशेष अदालतमा उपस्थित हुनुभएका गुप्ताको बयानपछि थुनछेक बहस भएको थियो ।
विशेष अदालतले उहाँलाई थुनामै राखी मुद्दा अघि बढाउन आदेश दिएको हो ।
गत असार ३१ गते बिचौलियासँग घुससम्बन्धी संवाद सार्वजनिक भएपछि विवादमा तानिनु भएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गुप्ताले राजीनामा दिनु भएको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने