News by: helpline
आज श्रावण शुक्लपक्ष, पञ्चमी तिथि अर्थात नाग पञ्चमी । हिन्दु धर्माबलम्बीहरुले घर घरमा र पधेरा (धारा, कुवा, तलाउ कुण्ड)हरुमा नागको पूजा आज गरेका छन । नाग पञ्चमीको दिन नाग देवताको बिधि पुर्बक पूजा आराधना गर्नाले चट्याङ, आगो र सर्पको भय नहुने जनविश्वास रहेको छ। नागको पूजामा दूध, दही, अक्षता, फूल, दूबो, र पैसा चढ़ाई घ्यू को धारा दिने प्रचलन रहेको छ। नाग पञ्चमीमा नाग देवताको पूजा गरिन्छ, जसले वर्षा, भूमिको रक्षा र सर्पको भयबाट मुक्ति दिलाउने धार्मिक विश्वास छ। यस दिन आठ प्रकारको अष्ट नागको पूजा गर्ने गरिन्छ।जसमा अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख पर्दछन। यी नागको चित्र घरको मूल धोकामा टाँसिन्छ र पूजा गर्ना घरमा चट्याङ नपर्ने तथा आगो र सर्प बिच्छीलगायतका जीवले दुःख नदिने धार्मिक विश्वास रहेको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने