News by: helpline
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफू घर फर्किएको बताउनु भएको छ ।
बुधबार काठमाडौँमा एक सभामार्फत राप्रपा र राप्रपा नेपाल दुई पार्टीको एकता घोषणा सभामा सम्बोधन गर्दै थापाले आफूले रमाइलो अनुभूति गरिरहेको बताउनु भयो ।
उहाँले एकतामा कुनै स्वार्थ नभएको पनि उल्लेख गर्नुभयो । ‘यो एकतामा कुनै स्वार्थ, शर्त छैन । पार्टीका अध्यक्ष र वार्ताकारहरू जानकार हुनुहुन्छ । हाम्रो एउटै चाहना छ यो एकता गर्न हामी हतारिनुको पछाडि। बिनाशर्त पार्टी एकता गर्न हामी त्यसै तयार भएका होइनौँ,’ थापाले भन्नु भयो , ‘हाम्रो एजेन्डा संकटमा छ । पहिलो हिन्दूराष्ट्र र राजतन्त्रको विचार संकटमा छ । देश संकटमा छ । हिन्दू राष्ट्र र राजसंस्थाको एजेन्डाको रक्षा । दोस्रो भ्रष्ट शासक र संयन्त्रबाट देशलाई मुक्त गर्ने ।’
सो अवसरमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनको कमल थापा पार्टीमा नहुँदा आफूलाई सधैँ रिक्तता महसुस भएको उल्लेख गर्नुभयो ।
उहाँले थापा नहुँदा रिक्तता भएपनि आजबाट पूर्ण भएको बताउनुभयो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,