News by: helpline
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य पदका लागि मतदान सम्पन्न भएलगत्तै मतगणना शुरु गर्ने तयारी गरेको छ ।
आयोगले मतगणना सुरु भएको २४ घन्टाभित्र प्रत्यक्षतर्फको मत परिणाम दिने गरी गणना गराउन प्रबन्ध गरेको जनाएको छ निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले मतगणना सुरु भएको २४ घण्टाभित्रै प्रत्यक्षतर्फको मतगणना सम्पन्न गर्ने दाबी गर्नुभएको हो ।
तर आयोगले यसो भने पनि बिगतमा पनि कैयन स्थानमा मतपरिणामा आउन ढिलाई हुने गरेको थियो । मतदान सम्पन्न भएलगत्तै सबै मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गरी निर्वाचन अधिकृतको कार्यालय पु¥याइने र राजनीतिक सहमति भएलगत्तै गणना कार्य सुरु हुने आयोगले जनाएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ ले कुनै निर्वाचन क्षेत्रको निर्वाचनका लागि मतदान गर्न निर्धारित सबै मतदान केन्द्रमा मतदानको कार्य सम्पन्न भएपछि निर्वाचन अधिकृतले मतगणना गर्ने स्थान, मिति र समय तोकी सूचना प्रकाशन गर्ने व्यवस्था गरेको छ । मतगणना गर्ने स्थान, मिति र समयमा उम्मेदवार वा निर्वाचन प्रतिनिधि उपस्थित रहने छन् ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,