News by: helpline
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन मितिभन्दा ७२ घण्टा अघिदेखि नै सम्बन्धित जिल्लाका अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।
बुधबार विज्ञप्ति सार्वजनिक गर्दै आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले यस्तो निर्देशन दिएको जानकारी गराउनुभएको हो । ‘निर्वाचन सुरक्षा –व्यवस्थापन निर्देशिका, २०८२ को दफा ६ मा उल्लेख भए बमोजिम निर्वाचनमा शान्ति सुरक्षा कामय गर्ने सम्बन्धमा तोकिएका सबै कार्यहरुसहित सोही दफाको खण्ड (झ) मा उल्लेख भएको निर्वाचत मितिभन्दा ७२ घण्टा अघिदेखि सम्बन्धित जिल्लाका अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने व्यवस्था मिलाउने’, प्रवक्ता भट्टराईले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने सम्बन्धमा निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले महत्त्वपूर्ण निर्देशन गर्दै कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाएको हो ।
यसैगरी निर्वाचनमा मतदाता नामावलीमा नाम भएका मतदाताले मतदानका लागि जाँदा आफ्नो मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपुर्जा वा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) मध्ये कुनै एउटा सक्कल कागजात साथमा लिई जानुपर्ने आयोगले जनाएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,