News by: helpline
काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमू ल्होछार’ मनाएका छन् ।
गुरुङ समुदायको बाहुल्यता रहेका नेपालका विभिन्न वस्तीहरु र विदेशमा समेत ल्होछार धुमधामका साथ मनाइउको छ ।
यो पर्वमा ग्रहशान्ति गर्ने आफ्नो मौलिक भेषभुषा र संस्कृतीको प्रदर्शन गर्ने एक आपसमा शुभकामना आदन प्रदान गर्दै सहभोज गरेर यो पर्व मनाउने प्रचलन रहेको छ।
काठमाडौँ उपत्यका बसोवास गर्ने गुरुङ समुदायका व्यक्तिहरुले भेषभूषा र झाँकीसहित ल्होछार टुँडिखेलमा मनाउका छन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।
गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको किरण पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,