News by: helpline
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन आज शनिबारदेखि काठमाडौंमा शुरु भएको छ ।
सम्मेलनमा नेपालमा लगानीको वातावरण अनुकूल बनेको भन्दै जलविद्युत्, पर्यटन, सूचना प्रविधिलगायत क्षेत्रमा लगानी बढाउन आह्वान गरिएको छ । सम्मेलनमा सहभागी उद्यमी तथा विज्ञहरूले नीतिगत स्थायित्व, विश्वासको वातावरण र संस्थागत संयन्त्र निर्माण गर्न सके प्रवासी नेपालीको लगानी बढ्न सक्ने धारणा राखेका छन् । सम्मेलनमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा लगानीको विश्वस्त आधार बनाउँदै सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो ।
यसैगरी नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक रामशरण खरेलले विदेशमा रहेका करिब ८० लाख नेपालीलाई नेपालको दीर्घकालीन आर्थिक विकासमा जोड्ने विषयमा सोच्नुपर्ने बताउनुभयो । सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालमा अब राजनीतिक स्थिरताको वातावरण बनेकाले प्रवासी नेपालीसँग सहकार्य गरेर नीतिगत सुधारमार्फत लगानी भित्र्याउन निजी क्षेत्र तयार रहेको बताउनुभयो । नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकालले नेपालको अर्थतन्त्रलाई १०० बिलियन डलरको बनाउन एनआरएनको लगानी महत्वपूर्ण हुने धारणा राख्नुभयो ।
चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मलहोत्राले नीतिगत स्थायित्व, लगानी र विश्वासमा जोड दिँदै गैरआवासीय लगानीका लागि संस्थागत संयन्त्र आवश्यक भएको धारणा राख्नुभयो । सम्मेलन चैत २ गतेसम्म संचालन हुनेछ । कार्यक्रममा विभिन्न वक्ताले प्रवासी नेपालीको लगानी, सीप र ज्ञानलाई नेपालको आर्थिक विकाससँग जोड्न नीतिगत सुधार र सहकार्य आवश्यक रहेकामा जोड दिएका थिए ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,