News by: helpline
काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुभएको छ ।
आज सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली समक्ष लेखकले राजीनामा बुझाउनु भएको हो । सोमबार जेन–जीको प्रदर्शनमा काठमाडौंमा १७ र इटहरीमा २ जनाको मृत्यु र ४ सयभन्दा बढी घाइते भएपछि गृहमन्त्री रमेश लेखकले नैतिकताका आधारमा राजीनामा दिनु भएको हो ।
सरकारले गरेको सामाजिक सञ्जाल बन्द र बेथिति बिरुद्ध नयाँ पुस्ताका युवा जेन जी( १३–२८ वर्ष उमेरभित्रका)हरुले काठमाडौंमा गरेको प्रदर्शन अनियन्त्रित भएपछि हिंसात्मक बनेको थियो । सो क्रममा काठमाडौं उपत्यकामा १७ जनाको मृत्यु भएको छ । यसैगरी इटहरीमा पनि २ जनाको मृत्यु भएको छ ।
आजको प्रदर्शनमा हालसम्म १९ जनाको मृतयु भएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने