24th December 2025, Wednesday

गृह मन्त्रालयको प्रकृति नै संवेदनशील भएकाले कतिपय कुरा बोल्न नमिल्ने गृहमन्त्री अर्यालको भनाई

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाडौ । गृहमन्त्री ओमप्रकाश अर्यालले गृह मन्त्रालयको प्रकृति नै संवेदनशील हुने भएकाले कतिपय कामकारबाहीबारे बोल्न नमिल्ने अवस्था रहेको बताउनु भएको छ ।

आफ्नो फेसबुक पेजमा एक पोस्टमार्फत मन्त्री अर्यालले गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय भएको उल्लेख गर्नुभएको छ । मन्त्री अर्यालले वर्तमान सरकारको प्रमुख अभिभारा सुशासनको बाटो हिँड्नु र देशलाई निर्वाचनमार्फत निकाससम्म डोर्‍याउनु रहेको उल्लेख पनि गर्नुभएको छ । जेनजी अगुवा सुदन गुरुङले गृहमन्त्री अर्यालको कार्यशैलीमा प्रश्न उठाइरहेका बेला अर्यालले फेसबुकमा मार्फत यस्तो बताउनुभएको हो ।



No ad available.


No ad available.