News by: helpline
काठमाडौं । नेपाली कांग्रेसको बिशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापासहित पदाधिकारीहरुले आज पार्टी कार्यालय ललितपुरको सानेपामा पदभार ग्रहण गरेका छन् ।
दोस्रो विशेष महाधिवेशनबाट निवार्चित पदाधिकारीहरुले शुक्रबार पार्टी कार्यलय सानेपामा पदभार ग्रहण गरेका हुन् । सभापति थापासहित उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरु घिमिरे तथा सहमहामन्त्रीहरुले पदभार ग्रहण गरेका हुन् । पदभारग्रहण पछि केन्द्रीय कार्य समितिको बैठक शुरु भएको छ ।
उक्त बैठकले प्रधानमन्त्रीको उम्मेदवार घोषणाको औपचारिक निर्णय गर्ने जनाइएको छ । गत पुस २७ गतेदेखि ३० गतेसम्म काठमाडौंको भृकुटी मण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट थापालाई सर्वसम्मत रुपमा सभापति निर्वाचित गरिएको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,