News by: helpline
काठमाडौं । कांग्रेसका महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन हुन नसक्ने भएपछि स्थगन गरेका गर्नुभएको छ ।
नेपाली कांग्रेसको १५ औं महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि महामन्त्रीद्वयले नियमित माधिवेशन स्थगन गरेका हुन् । महामन्त्रीद्वयले निमतिम कहाधिवेशन हुन नसक्ने भएपछि औपचारिक रूपमै विशेष महाधिवेशन आह्वान गर्नुभएको छ । आज बिहीबार साँझ महामन्त्रीद्वय थापा र शर्माले सूचना जारी गरी विशेष महाधिवेशन आह्वान गर्नुभएको हो ।
सूचनामा यही पुस २६–२८ सम्म गर्ने भनिएको नियमित महाधिवेशन स्थगित गरिएको उल्लेख छ । महामन्त्रीद्वयको निर्देशन बमोजिम पुस २७–२९ गतेसम्म विशेष महाधिवेशन गर्नेगरी काठमाडौंको भृकसटीमण्डपमा हल बुक गरिएको छ । । विशेष महाधिवेशन बोलाउन कार्यवाहक सभापति पूर्ण बहादुर खड्कालाई आग्रह गर्ने तर नबोलाइए महामन्त्रीहरूले बोलाउने तय भएको छ ।
कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गरेर गत असोज २८ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा निवेदन दिएका थिए । तर संस्थापन पक्ष बिशेष महाधिवेशन बोलाउन तयार नभएपछि नियमित महाधिवेशनका कार्यतालिका ल्याइएको थियो । तर नियमित महाधिवेशनको कार्यतालिका अनुसार संस्थापन पक्ष अघि बढ्न नखोजेपछि महामन्त्रीद्वयले बिशेष महाधिवेशन बोलाउनु भएको छ ।
कांग्रेसको केन्द्रीय कार्यसमितिको गत मंसिर १५ गते बसेको बैठकले पुस २६ देखि २८ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका पास गरेको थियो । कार्यतालिकामा पुस १६ गते एकता र मेलमिलाप दिवसको अवसर पारेर देशभर वडा अधिवेशन गर्ने मिति निर्धारण गरिएको थियो ।
तर महामन्त्री थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले नै क्रियाशील सदस्यतासम्बन्धी काम नसक्दा वडा अधिवेशन हुन सकेन । त्यसपछि महामन्त्रीद्वय विशेष महाधिवेशनको पक्षमा उभिनु भएको हो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने