News by: helpline
दीपक चालिसे
फ्रान्स । हिजोदेखि परेको हिमपातका कारण फ्रान्सको राजधानी पेरिस लगायतका शहरको जनजीवन अस्तव्यस्त बनेको छ ।
पेरिस लगायत फ्रान्सको धेरै भागमा हिमपात भएको छ । हिमपातका कारण शहर बजार लगायतको जनजीवन प्रभावित बनेको छ ।
फ्रान्स सरकारले आम मानिसलाई सूचना जारी गर्दै तातो पानी पिउन र अत्यावश्यक बाहेक बाहिर ननिस्कन आग्रह गरेको छ । त्यस्तै स्वास्थमा कुनै समस्या आएमा तत्काल नजिकको स्वास्थ कार्यालयमा जान आफ्ना नागरिक लगायत सबैमा आग्रह गरेको छ । हिमपातका कारणले बस सेवा पूर्ण रुपमा बन्द रहेको छ भने मेट्रो रेल सेवा पनि अरु दिनको तुलनामा आज बुधबार कम चलेका छन् । लामो दुरीका रेल सेवा पनि बन्द रहेको छ । सडकमा बस्ने मानिस ाई विभिन्न संघ सस्थाले न्यानो कपडाका साथै ततो खानेकुरा वितरण गरेका छन् ।
अधिकांश होटल,रेष्टुरेन्ट लगायत पसलहरु बन्द रहेका छन् । फ्रान्स सरकारले अझै हिमपात हुन सक्ने भन्दै सबैलाई सतर्क रहन जनचेतनामूलक सूचनाहरु जारी गरेको छ ।
यसैबीच गैरआवासीय नेपाली संघ (एनआरएनए) फ्रान्सले नेपाली समुदायलाई चिसो बाट वच्न र न्यानो कपडा लगाउनुका साथै काम बिशेष बाहेक बहिर ननिस्कन सामाजिक सञ्जाल मार्फत चेतना मूलक जानकारी दिएको छ
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने