24th December 2025, Wednesday

फागुन २१ मा निर्वाचन हुनैपर्छ : डा शेखर कोइराला

Post Image
5 दिन अगाडी

News by: helpline

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले फागुन २१ मा निर्वाचन हुनैपर्ने बताउनु भएको छ । प्रजातन्त्रको जग निर्वाचन भएकाले कांग्रेस पार्टी निर्वाचनमा जान आतुर रहेको बताउनुभयो । "संविधान बचाउने र मुलुकलाई सक्रमणबाट जोगाउने निर्वाचनले मात्रै हो"- कोइरालाले भने -"हामी त निर्वाचनको मिति कुरेर बसेका छौं तर सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा आशंका समेत जन्मिएको छ ।" सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको उनको भनाई थियो । "दलका केही नेतालाई काठमाडौ बाहिर जान दिईएको छैन, लुटिएका हतियार बाहिर छन्, कैदीहरु बाहिर छन् यसबारेमा सरकारले के सोचेको छ ? कोइरालाले प्रश्न गर्नुभयो । आफ्नो निर्वाचन क्षेत्र मोरङ -६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका वार्ड नं-४ का स्थानिय नेताहरुसँगको भेटघाट कार्यक्रममा बोल्नुहुँदै कोइरालाले निर्वाचनका लागि जुट्न पनि पार्टी पङ्तीलाई निर्देशन दिनुभयो।

No ad available.


No ad available.