24th February 2026, Tuesday

एनपीएलमा विराटनगरले पोखरालाई ५३ रनले हरायो

Post Image
3 महिना अगाडी

News by: helpline

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको मंगलबार भएको  खेलमा विराटनगर किङ्सले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गरेको छ । 

लोकेश बम र मार्टिन गप्टिलको शतकीय साझेदारीसँगै कीर्तिमान कायम भएको खेलमा विराटनगरले सानदार जित हात पारेको छ।विराटनगरले दिएको २२१ रनको लक्ष्य पछ्याएको पोखराले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १६७ रन मात्र बनायो। यो एनपीएल इतिहासकै सबैभन्दा ठूलो लक्ष्य हो।

पोखराका कप्तान कुशल भुर्तेलले सर्वाधिक ५९ रन बनाए। ३१ बल खेलेका उनले ५ चौका र ४ छक्का प्रहार गरे। ओपनर एडम रोसिङ्टनले ३९ रन बनाए।विराटनगरका प्रतीश जिसी, मर्चेन्ट डे लाङ्गे, शुभम रञ्जिते र सन्दीप लामिछानेले समान २ विकेट लिए।

त्यसअघि मंगलबार त्रिभुवन विश्वबिद्यालयको  क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२० रन बनाएको थियो।

विराटनगरका ओपनर लोकेशले सर्वाधिक ७२ रन बनाए। ४८ बल खेलेका उनले १ चौकासहित ७ छक्का प्रहार गरे। गाप्टिलसँग उनले शतकीय साझेदारी गरे। गप्टिलले ३५ बलमा ३ चौका र ५ छक्कासहित ६१ रन बनाए।

शुभम रञ्जनेले ३८, बसीर अहमदले २३ रन बनाउँदा नरायण जोशी ११ रनमा अविजित रहे।पोखराका म्याट टेलरले सर्वाधिक २ विकेट लिए। आकाश चन्द, सागर ढकाल र कुशल भुर्तेलले समान १ विकेट लिए।


No ad available.


No ad available.