News by: helpline
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण आज सोमबारदेखि शुरु हुँदैछ ।
काठमाडौंको कीर्तिपुर स्थित त्रिभुवन विश्वबिद्यालयको क्रिकेट मैदानमा खेल शुरु हुन लागेको हो । यो यस्तो प्रतियोगिता रहेको छ, जसले नेपाली क्रिकेट भविष्यमा कस्तो हुनेछ, त्यसको धेरै हदसम्म निर्णय गर्ने विश्वास लिइएको छ । यही प्रतियोगितासँगै समग्र नेपाली क्रिकेट नै फेरिने संघार पुग्ने अपेक्षा गरिएको छ । एनपीएल को दोस्रो संस्करण आज देखि शुरु हुँदा नेपाली क्रिकेटमा नयाँ इतिहासको शुरुवात हुनेछ ।
गत वर्षको पहिलो संस्करणले प्रतियोगिताको जग बसाएको थियो, यसपल्टको संस्करणले तला थप्ने काम गर्नेछ । प्रतियोगिताले दोस्रो वर्ष छुँदा यससँग जोडिएको सबैभन्दा ठूलो परिवर्तन भनेकै त्रिवि क्रिकेट मैदान कीर्तिपुरको सानदार देखिने पुनःसंरचना र दर्शकदीर्घा हुनेछ । सँगै फ्लड लाइट्स पनि । नेपाली क्रिकेट इतिहासमा पहिलोपटक सिटमा बसेर फ्लडलाइटमूनी खेल खेल हेर्ने धेरैको सपना थियो यो तर यो अब सपना बिपनामा परिणग हुँदैछ ।
यही दर्शकका साथमा क्रिकेट एशोसियशन अफ नेपाल (क्यान)ले एनपीएलमा ४० करोड संकलन गर्ने विश्वास गरेको छ । त्यसमध्येको १५ करोड क्यानले टिकट बिक्री, ओटीटी र टेलिभिजन अधिकारबाट उठाउने लक्ष्य राखेको छ । त्यसबाहेक फ्रेन्चाइज नवीकरण शुल्कबाट क्यानले ९ करोड रुपैयाँ पाउनेछ ।प्रतियोगिताा आडवटा टिमबीच प्रतिस्पर्धा हुनेछ ।
जसमा जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमान्डु गोर्खाज,विराटनगर किंग्स, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रहेका छन् । एनपीएलमा इंग्ल्यान्डका ७, अमेरिकाका ६, अस्ट्रेलिया र दक्षिण अफ्रिकाका ५–५, नामिबियाका ४, न्युजिल्यान्डका ३, भारत, श्रीलंका, अफगानिस्तान र स्कटल्यान्डका २–२, इटाली र युगान्डाका १–१ खेलाडी रहनेछन् ।उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौंकै टोली काठमान्डु गोर्खाज भिड्नेछन् । खेल अपरान्ह ४ बजेदेखि सुरु हुनेछ ।
विजेतालाई १ करोड ११ लाख, दोस्रो हुनेलाई ५१ लाख, तेस्रोलाई २५ लाख र चौथो हुनेलाई १५ लाख पुरस्कार दिइनेछ । प्रतियोगिता मंसिर २७ गतेसम्म चल्नेछ ।गत संस्करण सामान्य स्तरको मैदानमा भएको थियो भने यसपटक १० हजार दर्शक क्षमताको प्यारापिट र ६ वटा फ्लडलाइटहरू जडान भएका छन् ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने