News by: helpline
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा एमालेमाथि चौतर्फी घेराबन्दी भएको बताउनुभएको छ ।
सोमबार पार्टी कार्यलय च्यासलमा केन्द्रीय सदस्यहरुको सपथ ग्रहण कार्यक्रममा उहाँले पार्टीमाथी भइरहेको घेराबन्दीलाई एकजुट भएर प्रतिवाद गर्नुपर्ने बताउउनुभयो । अध्यक्ष ओलीले विगत केही वर्ष अगाडीदेखी नै एमालेमाथि घेराबन्दी हुँदै आएको पनि दाबी गर्नुभयो । आगामी निर्वाचनमा पनि एमालको विरुद्धमा मोर्चाबन्दी हुनसक्ने भन्दै एमालेविरुद्धको २०७७ सालदेखि नै घेराबन्दी गर्न शुरु भएको र पार्टी कब्जा गरेर ध्वस्त पार्ने प्रयास असफल भएपछि २०७८ साल भदौ १० गते पार्टी विभाजन गराएको बताउनुभयो ।
२०७९ सालको निर्वाचनमा विभिन्न राजनीतिक दलले एमालेविरुद्ध मोर्चाबन्दी गरेको उहाँको भनाइ छ । त्यस्तो परिस्थितिमा पनि एमाले लोकप्रिय पार्टी बनेको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि एमालेलाई बलियो बनाउन लाग्नुपर्ने बताउनुभयो । उहाँले सामाजिक सञ्जालमार्फत एमाले पार्टी र नेताहरूको चरित्रहत्या गर्ने तथा जनतामाझ अलोकप्रिय बनाउने प्रयास हाल पनि जारी रहेको ओलीको भनाइ छ । अध्यक्ष ओलीले नेपालमा लोकतन्त्र कमजोर बनाउने काम भइरहेको पनि आरोप लगाउनुभयो ।
नेपालको राष्ट्रिय अस्मितामा आँच पु¥याएर स्वाधीनता र स्वतन्त्रता कमजोर पारिएको उहाँको दाबी छ । नेपालको स्वाधीनता र स्वतन्त्रताको पुनःस्थापनाका लागि आन्दोलनमा उत्रिनपर्ने अवस्था समेत आउन सक्ने उहाँले बताउनुभयो । आन्दोलनका क्रममा दमन भएमा त्यसको प्रतिवाद गर्ने उहाँको भनाई छ । पार्टीका सदस्यहरूलाई उहाँले निष्ठापूर्वक सक्रियताका साथ काममा लाग्न निर्देशन दिनुभयो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक