News by: helpline
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ ।
पार्टीको स्थायी कमिटीको प्रथम बैठकले राष्ट्रिय भेला आयोजनाबारे गरेको निर्णय कार्यान्वयनका क्रममा भेलाको मिति र स्थान तय भएको एमाले संगठन विभाग प्रमुख भानुभक्त ढकालले जानकारी दिनुभयो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा यही असोज २२ देखि २५ गतेसम्म भएको स्थायी कमिटीको प्रथम बैठकले केन्द्रीय कमिटीमा मनोनयन, स्थानीय तहका कमिटीको अधिवेशन र राष्ट्रिय कार्यकर्ता भेला आयोजनालगायतका निर्णय गरेको थियो ।
राष्ट्रिय भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिको सहभागिता रहने सङ्गठन विभाग प्रमुख ढकालले जानकारी दिनुभयो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक