News by: helpline
काठमाडौं । नेकपा एमालेले यहि फागुन ३ गतेपछि मात्रै चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।
निर्वाचन आयोगले फागुन ३ गतेभित्र चुनावी घोषणापत्र सार्वजनिक गरेर निर्वाचन आयोगमा बुझाउन निर्देशन दिए पनि एमालेले तयारी अभाव भन्दै फागुन ३ गतेपछि मात्र चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको हो । पार्टी अध्यक्ष केपी शर्मा ओली झापाबाट काठमाडौं फर्केर घोषणापत्रको मस्यौदा अध्ययनमा लाग्नु भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो ।
उहाँले अध्यक्ष ओलीले अध्ययन सकेर थपघट गर्नुपर्ने विषयहरू समेत समावेश गर्नुपर्ने भएकाले फागुन ३ गते अघि घोषणापत्र सार्वजनिक गर्न कठिन रहेको बताउनुभयो । एमालेले चुनावी घोषणापत्र मस्यौदा तयार गर्न अध्यक्ष ओलीको संयोजकत्वमा मस्यौदा कमिटी गठन गरेको थियो ।
मस्यौदा कमिटीको सदस्यमा उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, नेता ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णुप्रसाद रिमाल रहनु भएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक