News by: helpline
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान शुरु भएको छ ।
हिजो मंगलबारका लागि तय गरिएको निर्वाचन कार्यतालिका भोटिङ मेसिनमा समस्या आएपछि आज बिहान ८ बजेबाट मतदान शुरु हुने भनिएको थियो । ८ बजे मतदान हुने भनिएपनि झण्डै डेढ घण्टा ढिला गरी मतदान सुरु भएको हो। एमलेको अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा हुनुहन्छ । त्यसैगरी अन्य पदाधिकारी र केन्द्रीय सदस्य पदका लागि दुबै पक्षले प्यानल बनाएका छन् ।
प्यानलमा नअटेकाहरुले स्वतन्त्र उम्मेदवारी दिएका छन् । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि सहभागी छन् ।३०१ पदका लागि ६०३ जनाको उम्मेदवारी परेको छ । ती मध्ये ११ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,