News by: helpline
काठमाडौं । हिजो शनिबारबाट शुरु भएको नेकपा एमालेको ११औँ महाधिवेशन जारी छ ।
महाधिवेशनको उद्घाटन सत्र हिजो भक्तपुरको भक्तपुरको सल्लाघारीमा भएको थियो भने बन्दसत्र आजदेखि काठमाडौंको भृकुटी मण्डपमा भएको छ ।
यसैबिच नयाँ नेतृत्व चयनका लागि आज आइतबार निर्वाचन तालिका सार्वजनिक गरिएको छ । एमालेको केन्द्रीय निर्वाचन आयोगले आज बेलुकी ७ बजेदेखि पुस १ गतेसम्मको निर्वाचन तालिका सार्वजनिक गरेको हो । आज बेलुकी ७ बजे मतदाता नामावली प्रकाशन गरिने छ ।
यस्तै सोमबार बिहान साढे १० बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिने केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा.विजय सुब्बाले जानकारी दिनुभयो । भोली सोमबार दिउँसो साढे २ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने छ । सोमबार नै साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ ।
यस्तै सोमबार बेलुकी ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । पुस १ गते बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म मतदानको समय तोकिएको छ । अध्यक्षमा वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने