News by: helpline
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भई मतगणना शुरु भएको छ।
अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा छ । मतगणनाको नतिजा आज बिहीबार सार्वजनिक भई नयाँ अध्यक्षसहित केन्द्रीय कमिटी घोषणा हुने निर्वाचन आयोगले जनाएको छ।
निर्वाचनमा प्रयोग भएका ८० वटा विद्युतीय मेसिनबाट चिप्स निकालेपछि मतगणना सुरु भएको हो । सबै मतपरिणाम सार्वजनिक हुन २÷३ घण्टा लाग्ने जनाइएको छ । अध्यक्ष पदमा ओलीले शुरुवाती अग्रता लिनु भएको छ । ओलीले १५७ मत प्राप्त गर्दा पोखरेलले ७७ मत ल्याउनु भएको छ ।
एमालेका २ हजार २ सय ६३ प्रतिनिधि मध्ये ३६ जनाले मतदानमा भाग नलिएका निर्वाचन समितिले जनाएको छ ।
एमालेको ११ औं महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीमा भएको थियो भने बन्दसत्र भृकुटी मण्डपमा भएको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,