News by: helpline
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भई मतगणना शुरु भएको छ।
अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा छ । मतगणनाको नतिजा आज बिहीबार सार्वजनिक भई नयाँ अध्यक्षसहित केन्द्रीय कमिटी घोषणा हुने निर्वाचन आयोगले जनाएको छ।
निर्वाचनमा प्रयोग भएका ८० वटा विद्युतीय मेसिनबाट चिप्स निकालेपछि मतगणना सुरु भएको हो । सबै मतपरिणाम सार्वजनिक हुन २÷३ घण्टा लाग्ने जनाइएको छ । अध्यक्ष पदमा ओलीले शुरुवाती अग्रता लिनु भएको छ । ओलीले १५७ मत प्राप्त गर्दा पोखरेलले ७७ मत ल्याउनु भएको छ ।
एमालेका २ हजार २ सय ६३ प्रतिनिधि मध्ये ३६ जनाले मतदानमा भाग नलिएका निर्वाचन समितिले जनाएको छ ।
एमालेको ११ औं महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीमा भएको थियो भने बन्दसत्र भृकुटी मण्डपमा भएको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने