News by: helpline
काठमाडौं । एमालेको ११ औं महाधिवेशन अन्तर्गत आज मंगलबार नेतृत्व चयनका लागि हुने भनिएको मतदान भोलीको लागि सरेको छ ।
मतदानका लागि मंगलबार दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म कार्यतालिका तय गरिएको थियो । तर विद्युतीय भोटिङ मेसिनमा समस्या आएको भन्दै भोली बुधबार बिहान ८ बजेदेखि शुरु गर्ने गरी मतदान प्रक्रिया स्थगित गरिएको हो ।
केपी शर्मा ओली पक्षका महासचिवका उम्मेदवार शंकर पोखरेलले बन्दसत्र हलमा भोलि बिहान ८ बजेदेखि मतदान हुने घोषणा गर्नुएको थियो । अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ । त्यसैगरी अन्य पदाधिकारी र केन्द्रीय सदस्य पदका लागि दुबै पक्षले प्यानल बनाएका छन् ।
प्यानलमा नअटेकाहरुले स्वतन्त्र उम्मेदवारी दिएका छन् । मतदानका लागि दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म कार्यतालिका तय गरिएको छ ।
महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि सहभागी छन् ।३०१ पदका लागि ६०३ जनाको उम्मेदवारी परेको छ । ती मध्ये ११ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,