News by: helpline
काठमाडौं । एमालेको ११ औं महाधिवेशन अन्तर्गत आज मंगलबार नेतृत्व चयनका लागि हुने भनिएको मतदान भोलीको लागि सरेको छ ।
मतदानका लागि मंगलबार दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म कार्यतालिका तय गरिएको थियो । तर विद्युतीय भोटिङ मेसिनमा समस्या आएको भन्दै भोली बुधबार बिहान ८ बजेदेखि शुरु गर्ने गरी मतदान प्रक्रिया स्थगित गरिएको हो ।
केपी शर्मा ओली पक्षका महासचिवका उम्मेदवार शंकर पोखरेलले बन्दसत्र हलमा भोलि बिहान ८ बजेदेखि मतदान हुने घोषणा गर्नुएको थियो । अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ । त्यसैगरी अन्य पदाधिकारी र केन्द्रीय सदस्य पदका लागि दुबै पक्षले प्यानल बनाएका छन् ।
प्यानलमा नअटेकाहरुले स्वतन्त्र उम्मेदवारी दिएका छन् । मतदानका लागि दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म कार्यतालिका तय गरिएको छ ।
महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि सहभागी छन् ।३०१ पदका लागि ६०३ जनाको उम्मेदवारी परेको छ । ती मध्ये ११ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने