News by: helpline
काठमाडौं । एमालेको ११ औं महाधिवेशअन्तर्गत आज मंगलबार नेतृत्व चयनका लागि मतदान हुँदै छ ।
अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ । त्यसैगरी अन्य पदाधिकारी र केन्द्रीय सदस्य पदका लागि दुबै पक्षले प्यानल बनाएका छन् ।
प्यानलमा नअटेकाहरुले स्वतन्त्र उम्मेदवारी दिएका छन् । मतदानका लागि दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म कार्यतालिका तय गरिएको छ ।
महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन मतदानका लागि प्रयोग गरिने भएको छ ।
महाधिवेशनमा १ सय वटा मेसिन ल्याइए पनि ८० वटा मेसिन मतदानका लागि प्रयोग गरिने एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले जानकारी दिनुभयो ।
महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि सहभागी छन् ।३०१ पदका लागि ६०३ जनाको उम्मेदवारी परेको छ
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने