News by: helpline
काठमाडौं ।नेकपा एमालेले एघारौं महाधिवेशन हुने स्थान परिवर्तन गरेको छ ।
यसअघि पोखरामा महाधिवेशन गर्ने निर्णय गरेको एमालेले अब काठमाडौंमा महाधिवेशन गर्नेगरी निर्णय लिएको छ । आज शनिबार अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डुमा बसेको सचिवालय बैठकले महाधिवेशनस्थल परिवर्तन गर्ने निर्णय गरेको हो । उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, मंसिरमा तय भएको महाधिवेशन काठमाडौंमा नै गर्ने निर्णय गरेको हो ।महाधिवेशन मिति भने परिवर्तन नभएको मंसिर २७ र २९ गते नै हुने ज्ञवालीको भनाइ छ ।
महाधिवेशनका लागि प्रतिनिधि छनोटको मापदण्ड पनि तय गरिएको छ । ६ लाख ६७ हजार पार्टी सदस्य रहेको एमालेले मंसिर १३ गते शनिबार देशभर एकैसाथ प्रतिनिधि छनोट गर्ने निर्णय पनि गरेको छ । त्यसरी छनोट भएका प्रतिनिधि मंसिर १५ भित्र पठाइसक्नुपर्ने छ ।
प्रतिनिधि छनोटका लागि एक निर्वाचन क्षेत्रमा १२ सय सदस्य बराबर २ जना खुला, १ महिला र एकजना ४० वर्षमुनिका युवा गरेर एक क्षेत्रमा ४ जना प्रतिनिधि छनोटको अनुपात तय गरिएको छ। न्यूनतम एकतिहाइ महिला छनोट हुनेछन् भने त्यसमा हरेक ८ सय सदस्य थपिँदै जाँदा १ जना महिला थपिने पनि एमालेले जनाएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने