News by: helpline
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ ।
मंगलबार विज्ञप्ति जारी गर्दै पोखरेलले वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिदै अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो । पछिल्लोपटक बसेको सचिवालय बैठकमै पोखरेलले आफू अध्यक्षमा लड्ने जानकारी गराउनु भएको थियो ।
उहाले अध्यक्ष ओलीलाई पार्टी नेतृत्व सहज रूपमा हस्तान्तरण गर्न अनुरोध पनि गर्नुभएको छ ।पोखरेलले पार्टी पुनर्गठन र रुपान्तरणका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै सामूहिक नेतृत्वमा विश्वास गर्ने पनि उल्लेख गर्नुभएको छ ।
महाधिवेशन प्रतिनिधि छनोटमा विवेक, मर्यादा र निर्भयताका साथ सहभागी हुन उहाँले कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।
एमालेको एघारौं महाधिवेशन यही मंसिर अन्तिम साता काठमाडौंमा हुँदैछ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने