24th February 2026, Tuesday

एमाले शान्तिपूर्ण निर्वाचनको पक्षमा दृढ : एमाले अध्यक्ष ओली

Post Image
17 घण्टा अगाडी

News by: helpline

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टी शान्तिपूर्ण राजनीति र स्थायित्वको पक्षमा रहेको बताउनुभएको छ ।

झापाको दमकमा आज सोमबार आयोजित चुनावी कार्यक्रममा उहाँले नेशनल भोलेण्टियर फोर्स चुनावका लागि मात्रै नभई दीर्घकालीन रूपमा राष्ट्रको सुरक्षाका लागि गठन गरिएको बताउनुभयो । अध्यक्ष ओलीले आन्दोलनको नाममा विगतमा जस्तो देश जलाउन र प्रहरीको अतियार खोस्न अब कसैले नसक्ने दाबी गर्नुभयो । नेशनल भोलेण्टियर फोर्स राष्ट्रको पक्षमा समर्पित हुने र प्रहरी प्रशासनलाई सहयोग गर्ने उहाँको भनाइ थियो ।

अध्यक्ष ओलीले एमाले शान्तिपूर्ण निर्वाचनको पक्षमा दृढ रहेको बताउँदै मतदाताले स्वतन्त्र रूपमा मतदान गर्न पाउनुपर्नेमा जोड दिनुभयो । विभिन्न सञ्चार माध्यममा आएको निर्वाचनमा धाँधली हुने विषयतर्फ संकेत गर्दै अध्यक्ष ओलीले कसैले पनि निर्वाचनमा बलपूर्वक मत खसाल्न बाध्य पार्न नसक्ने र भोलेन्टियर फोर्सले निर्वाचनलाई व्यवस्थित बनाउन सहयोग पुर्‍याउने दावी गर्नुभयो ।

नेकपा एमालेले कोशी प्रदेशस्तरीय नेशनल युथ फोर्स गठन गरेको उहाँको भनाइ छ ।



No ad available.


No ad available.