News by: helpline
एमाले महाधिवेशनको बन्दसत्रद्वारा संशोधित विधान पारित काठमाडौं । नेकपा एमालेको महाधिवेशनको बन्द सत्रले पदाधिकारी र केन्द्रीय कमिटीको संख्या बढाउन संशोधित विधान पारित गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीले निर्णय गरेको विधान संशोधन प्रस्ताव बन्दसत्रमा प्रस्तुत गर्नुभएको थियो । महाधिवेशन प्रतिनिधिले विधान अनुमोदन गरेका थिए । बन्दसत्रमा अध्यक्ष ओलीले विधान संशोधन गरी धेरै नेतालाई जिम्मेवारी दिनुपर्ने आवश्यक भएको बताउनु भएको थियो ।
त्यसको विरुद्ध वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विधान छिटो संशोधन गरिरहने दस्तावेज नभएको धारणा राख्नु भएको थियो । पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता रोक्नु गलत भएको बताउनु भएको थियो । बन्दसत्र अघि बसेको कार्यकालको अन्तिम केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटी ३०१ सदस्यीय हुने निर्णय गरेको थियो ।
जसमा पदाधिकारी १९ बनाउने व्यवस्था गरेको थियो । अध्यक्ष १,,उपाध्यक्ष ५ जना, महासचिव १ जना,उपमहासचिब ३ जना, सचिव ९ जना बनाउने निर्णय गरेको थियो । त्यसैगरी स्थायी कमिटी ४५ जना,एक ,पोलिट्ब्युरो ९९ सदस्यीय रहने निर्णय गरेको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,