News by: helpline
एमाले महाधिवेशनको बन्दसत्रद्वारा संशोधित विधान पारित काठमाडौं । नेकपा एमालेको महाधिवेशनको बन्द सत्रले पदाधिकारी र केन्द्रीय कमिटीको संख्या बढाउन संशोधित विधान पारित गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीले निर्णय गरेको विधान संशोधन प्रस्ताव बन्दसत्रमा प्रस्तुत गर्नुभएको थियो । महाधिवेशन प्रतिनिधिले विधान अनुमोदन गरेका थिए । बन्दसत्रमा अध्यक्ष ओलीले विधान संशोधन गरी धेरै नेतालाई जिम्मेवारी दिनुपर्ने आवश्यक भएको बताउनु भएको थियो ।
त्यसको विरुद्ध वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विधान छिटो संशोधन गरिरहने दस्तावेज नभएको धारणा राख्नु भएको थियो । पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता रोक्नु गलत भएको बताउनु भएको थियो । बन्दसत्र अघि बसेको कार्यकालको अन्तिम केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटी ३०१ सदस्यीय हुने निर्णय गरेको थियो ।
जसमा पदाधिकारी १९ बनाउने व्यवस्था गरेको थियो । अध्यक्ष १,,उपाध्यक्ष ५ जना, महासचिव १ जना,उपमहासचिब ३ जना, सचिव ९ जना बनाउने निर्णय गरेको थियो । त्यसैगरी स्थायी कमिटी ४५ जना,एक ,पोलिट्ब्युरो ९९ सदस्यीय रहने निर्णय गरेको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने