24th February 2026, Tuesday

एकताबद्ध भएर अघि बढ्न कांग्रेस सभापति थापाको अपील

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाण्डौ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीमा रहेका सबै नेता कार्यकर्ताहरूलाई एकताबद्ध भएर अघि बढ्न अपील गर्नु भएको छ । निर्वाचन आयोगले बैधनिकता प्रदान गरे लगतै विज्ञप्ति जारी गर्दै सभापति थापाले कांग्रेस पार्टी नेता र यसका सिमित सदस्यको मात्रै नभई आम मानिसको सार्वजनिक पुँजी भएको उल्लेख गर्नुभएको छ। कांग्रेसले विशेष महाधिवेशनमार्फत विगतका कमजोरीप्रति आत्म आलोचना गर्दै समीक्षा गरेको छ; आजसम्मका उपलब्धीलाइ समयको पदचाप अनुसार थप संस्थागत गर्ने संकल्प गरेको छ , अब कांग्रेस बदलिएको छ, बदलिनेछ भन्ने संकल्प समेत बिज्ञप्तिमा उल्लेख छ। सभापति थापाले कांग्रेसले संविधानको रक्षा गर्दै समुन्नतिको नेतृत्व गर्ने उल्लेख गर्दै यसका लागि सबैको थप साथ र विश्वास आबश्यक रहेको बताउनु भएको छ। कांग्रेसमा कुनै गुट र, गुटगत भागबण्डा नरहने स्पस्ट गर्दै सभापति थापाले उच्च आत्मविश्वास र व्यापक तयारीका साथ आशन्न निर्वाचनमा एकढिक्का भइ लाग्न सबैमा आग्रह गर्नुभएको छ।

No ad available.


No ad available.