News by: helpline
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नागरिकले चाहेको जस्तो बदलिएको कांग्रेसप्रति जनविश्वास बढ्दै गएको बताउनु भएको छ ।
जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवारहरूलाई आइतबार कांग्रेसमा प्रवेश गराउादै उपसभापति शर्माले देशभरको माहोल कांग्रेसको पक्षमा बढ्दै गएको दाबी गर्नुभयो । उहाँले आगामी प्रतिनिधि सभाको निर्वाचनको मिति नजिकिदै जाँदा कांग्रेसप्रतिको लहर उत्साहपूर्ण रहेको उललेख गर्नुभयो । कांग्रेसको पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा शर्माले अहिलेकै अवस्थामा कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्ने पनि दाबी गर्नुभयो । यही गतिमा जनमत बढ्दै जाँदा आगामी एक हप्ताभित्र कांग्रेसले बहुमत ल्याउने तहमा पुग्ने कांग्रेस उपसभापति ठोकुवा छ । शर्माले भन्नुभयो, ‘नागरिकले नयाँ खोज्नुभएको हो भने जेन–जी मुभमेन्टपछि नयाँ भएको कांग्रेस, परिवर्तन खोजेको हो भने परिवर्तन नै भएको आएको कांग्रेस हो ।’
दैनिकजसो कांग्रेसमा समाहित हुनेहरूको संख्या वृद्धि भइरहेको दाबी गर्दै शर्माले कांग्रेस पहिला भन्दा बलियो बनेको बताउनुभयो । कांग्रेस आफैँ बदलिएर समाज र देश बदल्न अग्रसर भएको उहाँले उल्लेख गर्नुभयो ।
पार्टी नेता कार्यकर्तासँगै आम जनताको विश्वास कांग्रेसप्रति बढ्दै गएको शर्माको भनाइ छ । विशेष महाधिवेशनपछि बदलिएको कांग्रेसले आफूलाई अब्बल सावित गर्दै आएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने