News by: helpline
काठमाडौं । प्रहरी हिरासतमा रहनु भएका नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली रिहा हुनुभएको छ ।
ओलीलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरी परिसर काठमाडौंले सर्वोच्च अदालतको आदेश अनुसार ओलीलाई रिहा गरेको हो । जेन्जी आन्दोलन घटना छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई यहि चैत १४ गते प्रहरीले पक्राउ गरेको थियो ।
गत भदौ २३ र २४ गतेको जेनजी–आन्दोलनमा लापरबाही गरेर युवाहरूको ज्यान गुमेको भन्दै ओली र लेखकलाई आयोगले दोषी देखाएको थियो। प्रतिवेदनका आधारमा ज्यानसम्बन्धी कसुरमा उहाँहरुलाई पक्राउ गरिएको थियो । तर मुद्दा दायर गर्ने आधार र प्रमाण पर्याप्त नभएकाले रिहा गर्न लागिएको महान्यायाधीवक्ता कार्यालय स्रोतले जनाएको छ ।
सर्वोच्चले ओली र लेखकलाई मुद्दा दायर गर्न वा चैत २६ गतेसम्ममा रिहा गर्न आदेश दिएको थियो । जटिल स्वास्थ्य अवस्थाका कारण ओली त्रिवि शिक्षण अस्पताल महाराजगंजमा बस्नु भएको थियो । त्यसलगत्तै ओलीकी पत्नी राधिकाले गैरकानूनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यदिनुभएको थियो ।
सर्वोच्चले चैत २३ गते ओली र लेखकको मुद्धा चैत २६ गतेसम्ममा टुंग्याएर रिहा गर्न आदेश दिएको थियो । ओली १३ दिन हिरासतमा रहेर छुट्नु भएको हो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,