News by: helpline
काठमाडौं । आज बुधबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँ बढेको छ ।
मंगलबार प्रतितोला २ लाख ५९ हजार रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको छ । यसअघि सोमबार सुनको भाउ हालसम्मकै उच्च २ लाख ६० हजार ७ सय रुपैया कायम भएको थियो ।
बुधबार चाँदीको भाउमा भने नयाँ रेकर्ड कायम भएको छ । पहिलो पटक चाँदीको भाउ प्रतितोला ४ हजार नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ प्रतितोला ४ हजार ५५ रुपैयाँ तोकिएको छ । एकैदिन चाँदीको भाउ तोलामा १७० रुपैयाँ बढेको हो ।
मंगलबार चाँदी प्रतितोला ३ हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत हप्ताको बुधबार चाँदी ३ हजार ९०५ रुपैयाँको रेकर्ड बनेको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,