24th December 2025, Wednesday

चाँदीमा नयाँ रेकर्ड,सुनमा ७ सय रुपैयाँ बढ्यो

Post Image
1 हप्ता अगाडी

News by: helpline

काठमाडौं । आज बुधबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँ बढेको छ ।

मंगलबार प्रतितोला २ लाख ५९ हजार रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको छ । यसअघि सोमबार सुनको भाउ हालसम्मकै उच्च २ लाख ६० हजार ७ सय रुपैया कायम भएको थियो ।

बुधबार चाँदीको भाउमा भने नयाँ रेकर्ड कायम भएको छ । पहिलो पटक चाँदीको भाउ प्रतितोला ४ हजार नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ प्रतितोला ४ हजार ५५ रुपैयाँ तोकिएको छ । एकैदिन चाँदीको भाउ तोलामा १७० रुपैयाँ बढेको हो ।

मंगलबार चाँदी प्रतितोला ३ हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत हप्ताको बुधबार चाँदी ३ हजार ९०५ रुपैयाँको रेकर्ड बनेको थियो ।



No ad available.


No ad available.