22nd October 2026, Thursday

चितवनलाई हराएर सुदूरपश्चिमले बनायो क्वालिफायर वानमा स्थान पक्का

Post Image
10 महिना अगाडी

News by: helpline

काठमाडौं । चितवन राइनोजलाई हराएर  लगातार छैटौं जित निकाल्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग(एनपिएल) त्रिकेटको  क्वालिफायर वानमा स्थान पक्का गरेको छ।

बिहीबार कीर्तिपुर स्थित त्रिभुवन बिश्वविद्यालयको क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो।सुदूरपश्चिमले दिएको १६९ रनको लक्ष्य पछ्याएको चितवनले १७.१ ओभरमा सबै विकेट गुमाउँदै मात्र १२० रन जोड्न सक्यो।

योसँगै सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेको छ। समान खेलमा ४ अंक रहेको चितवन बाहिरिने जोखिममा पुगेको छ। १२ अंक जोडेको सुदूरपश्चिमको सुदूरपश्चिमको यो जितले विराटनगर किंग्स पनि प्लेअफमा सुरक्षित भएको छ । सुदूरपश्चिमको १२, काठमान्डु गोर्खाजको १० र विराटनगरको ८ अंक छ । काठमान्डु र विराटनगर पहिलो पटक प्ले अफ पुगेका हुन् ।



No ad available.


No ad available.