24th December 2025, Wednesday

चितवन राइनोजले कर्णाली याक्सलाई चार विकेटले पराजित गर्यो

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा  चितवन राइनोजले विजयी सुरुवात गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वबिद्यालयको  क्रिकेट स्टेडियममा मङ्गलबार भएको खेलमा चितवनले हरायो ।

जितका लागि एक सय ६७ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको चितवनले १९.१ ओभरमा ६ विकेटको क्षतिमा १ सय ७१ रन जोड्दै लक्ष्य पूरा गरेको हो । यससँगै चितवनले गत संस्करणमा कर्णालीसँग दुई खेलमा हारेको बदलासमेत लिएको छ । 

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा १ सय ६६ रन बनाएको थियो ।


No ad available.


No ad available.