24th December 2025, Wednesday

चुनावी काममा सहयोग गर्न नेकपा एमालेलाई  प्रधानमन्त्री कार्कीको अनुरोध

Post Image
3 हप्ता अगाडी

News by: helpline

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली नेकपा एमालेलाइ चुनावका काममा सहयोग गर्न नेकपा एमाललेलाई अनुरोध गर्नुभएको छ ।

चुनाव हुन नसक्ने भन्दै आएको एमाले प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्तामा गएपछि प्रधानमन्त्री कार्कीले सो दलका नेताहरूलाई बोलाएर बिहीबार बालुवाटारमा छलफल गर्नुभएको हो  । प्रधानमन्त्री कार्कीले  एमालेले देखाएका सुरक्षा लगायतका चासोहरुलाई सम्बोधन गर्न सरकार लागिरहेको उल्लेख गर्नुभयो ।

बैठकमा सहभागी एमाले नेता महेश बर्तौलाका अनुसार सरकारको गठनको विषय नै संवैधानिक परीक्षणको क्रममा रहेकाले यसको छिनोफानो भएपछि मात्र अन्य कुरा अघि बढ्न सक्ने धारणा एमालेका  नेताहरूले राख्नु भएको थियो  । बर्तौलाले एमाले नेताहरुले  निर्वाचनको वातावरण बनाउन प्रधानमन्त्रीलाई आग्रह गरेको पनि जानकारी दिनुभयो  ।

एमाले महासचिव शंकर पोखरेलसहितका नेताहरुसँग भेटवार्ता गरी प्रधानमन्त्री काकर्कीले  चुनाव गराउन आफू प्रतिबद्ध रहेको भन्दै सहयोगका लागि आग्रह गर्नुभएको थियो ।



No ad available.


No ad available.