22nd October 2026, Thursday

चीनद्वारा बाढी प्रभावित बालबालिकाका लागि एक करोड १० लाख सहयोग

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाडौँ। चीन सरकारले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाको सहयोगार्थ नेपाललाई एक करोड १० लाख रुपैयाँ सहयोग गरेको छ । 

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले सोमबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई मन्त्रालयमा उक्त सहयोग रकमको चेक हस्तान्तरण गर्नुभयो । चेक हस्तान्तरण कार्यक्रममा मन्त्री पोखरेलले विपत्तिको समयमा चीनले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि दुई देशबीच आवश्यक समन्वय र सहकार्य जारी रहने विश्वास व्यक्त गर्नुभयो ।

राजदूत चाङले नेपालको सुख–दुःखमा चीन सदैव साथमा रहने बताउनुभयो । उहाँले बाढीबाट प्रभावित बालबालिकालाई प्रत्यक्ष सहयोग पुग्ने गरी उक्त रकम उपलब्ध गराइएको जानकारी दिनुभयो ।



No ad available.


No ad available.