23rd August 2026, Sunday

चीनमा आँधिका कारण जनजीवन प्रभावित, १० लाख भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारियो

Post Image
1 हप्ता अगाडी

News by: helpline

एजेन्सी । चीनमा शक्तिशाली समुद्री आँधी ‘टाइफुन डल्फिन’ आइतबार साँझ तटमा ठोक्किएपछि सांघाइसहित पूर्वी १० लाख भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

 मौसम पूर्वानुमान अधिकारीहरूका अनुसार स्थानीय समय अनुसार आइतबार साँझ साढे ५ बजे जिजियाङ प्रान्तको युहुआनमा १ सय ५० किलोमिटर प्रतिघण्टाको गतिमा आँधी ठोक्किएको थियो । त्यसको करिब एक घण्टतापछि आँधी दोस्रो पटक वेन्झाउ सहरमा पुगेको थियो। आँधीका कारण यस क्षेत्रको यातायात सेवा ठप्प भएको थियो । सांघाइमा मात्रै १ हजार ४ सय भन्दा बढी हवाई उडानहरू रद्द गरिएका थिए ।

चिनियाँ अधिकारीहरूले यसअघि डल्फिन आँधीलाई लिएर सबैभन्दा उच्च तहको रातो चेतावनी जारी गरेका थिए। सोमबार बिहान भने यसलाई घटाएर ट्रपिकल स्टर्ममा राखिएको थियो । आँधी थप भित्री भागतर्फ अघि बढिरहेको जनाइएको छ । चिनिया अधिकारीहरूले बुधबारसम्म ठूलो वर्षा, भीषण बाढी र पहिरोको जोखिम कायमै रहेको चेतावनी दिएका हुन्।

 सोमबार सान्डोङ, हेनान, हुबेई, एन्हुई, जियाङ्सु, जिजियाङ प्रान्त र सांघाई सहरमा भारी वर्षा भएको जनाइएको छ । स्थानीय सरकारहरूले मानिसहरूलाई घरबाहिरका गतिविधि नगर्न आग्रह गरेका छन् ।



No ad available.


No ad available.