News by: helpline
काठमाडों । नेपालीहरुको महान पर्व बडादशै, दीपावली, नेपाल सम्वत् र छठपर्वको सुरक्षा व्यवस्थालाई भरपर्दो र विश्वसनीय तुल्याउन नेपाल प्रहरीले बिहिबारदेखि ‘चाडपर्व लक्षित सुरक्षा योजना– २०८३’ लागू गरेको छ ।
पर्वको समयमा आमनागरिकको जनजीवन सामान्य तुल्याउन, बैंक तथा वित्तीय संस्थासँग हुने कारोबार सुरक्षित गराउन, विभिन्न गन्तव्यमा जाने यात्रीसमेतलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन सुरक्षा योजना लागू गरिएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिनुभयो । विष्फोटक पदार्थको ओसारपसार, भन्सार छली, बैंक वित्तीय संस्थामा चोरी डकैती, लुटपाट, खाद्यान्न, लत्ताकपडा र उपभोग्य वस्तुको कृत्रिम अभाव, कालोबजारी, म्याद गुज्रिएका वा मिसावटयुक्त सामग्रीको बिक्री, हुण्डी र नक्कली नोट कारोबारलगायतलाई प्रहरीले सुरक्षा चुनौती औँल्याएको छ ।
चाडपर्वमा सुरक्षा व्यवस्था चुस्त बनाउन करिब ५० हजार बढी प्रहरी खटाइएको केन्द्रीय प्रवक्ता काफ्लेले जानकारी दिनुभयो । चार सय आठ स्थानमा यात्रु सहायता र अन्तर्रािष्ट्रय सीमा–नाकामा १०८ वटा सहायता कक्ष स्थापना गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय एवं जिल्ला प्रहरी कार्यालयमा कमाण्ड पोष्ट स्थापना र त्यहाँबाट प्रहरी परिचालनको व्यवस्था मिलाइएको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो ।
यसअवधिमा प्रहरीले पैदल, मोबाइल र ग्रामीण गस्ती गर्नेछन् । चेकप्वाइन्ट तथा ट्राफिक प्रहरीसहितको चेकजाँचको व्यवस्था मिलाइएको छ भने सरकारी एवं महत्त्वपूर्ण संस्थाहरू, कारागारलगायत कार्यालयको सुरक्षाको व्यवस्था मजबुत पारिएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक