24th February 2026, Tuesday

बिविध कार्यक्रम गरी सहिद दिवस मनाइयो

Post Image
3 हप्ता अगाडी

News by: helpline

काठमाडौं । आज माघ १६ गते अर्थात सहिद दिवस बिभिन्न कार्यक्रम गरी देशभर मनाइएको छ ।

 यसै सन्दर्भमा प्रधानमन्त्री सुशीला कार्कीले लैनचौरस्थित सहिद स्मारक पुगी ज्ञात–अज्ञात सहिदहरुको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । सहिद सप्ताहको अन्तिम दिन आज प्रधानमन्त्री कार्कीले इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतको सम्मानमा श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

 हरेक वर्ष काठमाडौँ महानगरपालिकाले माघ १० गतेदेखि सप्ताहव्यापी कार्यक्रम गर्दै आएको छ । साताव्यापी कार्यक्रमको अन्तिम दिन आज सहिद उद्यान लैनचौरमा विशेष श्रद्धाञ्जली सभा आयोजना गरिएको हो । सहिद दिवसको अन्तिम दिन आज बिहान शान्तिवाटिकाबाट प्रभातफेरी सुरु भएको थियो ।

 शान्तिवाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र सहिदको तस्बिर राखिएको बग्गीसहितको प्रभातफेरी सहिद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जली सभामा परिणत भएको थियो । सरकारले सहिद दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको थियो ।



No ad available.


No ad available.