News by: helpline
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले देशमा व्याप्त कुशासन र बेथितिको ‘सटर’ आगामी निर्वाचनबाट सधैँका लागि बन्द हुने उद्घोष गर्नुभएको छ ।
धनगढीमा आयोजित जनसभालाई सम्बोधन गर्दै लामिछानेले अब जनताले नेतालाई भोट मात्र दिने नभई, नेतासँग ‘कन्ट्राक्ट’ गर्ने युगको शुरुवात भएको बताउनु भयो । लामिछानेले वर्षौंदेखि जनताका मुद्दालाई निर्वाचनको एजेन्डा मात्र बनाएर अल्झाइराख्ने राजनीतिक परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।
जनतासँग पाँच वर्षको ‘कन्ट्रयाक्ट’ नेपालको इतिहासमा पहिलोपटक रास्वपाले जनतासँग लिखित कन्ट्रयाक्ट गरेको दाबी गर्दै उनले ५ वर्षको स्थायी सरकारको अपेक्षा गर्नुभयो । वाचा पूरा नगर्ने नेताले सजाय पाउनुपर्ने र जनता सधैँ पीडित बन्ने अवस्थाको अन्त्य गर्न रास्वपा मैदानमा आएको उहाँको भनाइ छ ।
भारतमा कार्यरत सुदूरपश्चिमका नेपालीहरूलाई सम्बोधन गर्दै लामिछानेले यसपटक देश बदल्नका लागि छुट्टी मिलाएर भएपनि मतदान गर्न आउन आग्रह गर्नुभयो । सिंहदरबार बनाउने मात्र नभइ बदल्ने गरी आफूहरु आएको जिकिर गर्नुभयो । सिंहदरबारको संरचना मात्र नभइ त्यहाँको कार्यशैली र नियत बदल्नुपर्ने आवश्यकता रहेको उहाँले औंल्याउनु भयो ।
पुराना दलहरूले डोजर लगाएर गरिबको बस्ती उठाउने भ्रम फैलाएको भन्दै उहाँले ३५ वर्षसम्म जनताको सपनामा डोजर कसले चलायो भनी प्रतिप्रश्न गर्नुभयो । उहाँले फागुन २१ गतेको निर्वाचनले कुशासन,बेथिति, बेरोजगारी अशिक्षाका सबै सटर बन्द गर्ने बताउनु भयो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने