News by: helpline
काठमाडौं । बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ ।
जिल्लाका उच्च भेग सिगास, खोडपे, अनारखोली, ढोल्यामोडमा हिमपात भएको हो । हिमपात भएपछि गहुँलगायत हिउँदे बाली सप्रिनेमा किसान ढुक्क भएका स्थानीय राजबहादुर टेरले बताउनुभयो । हिमपातका कारण अत्यधिक चिसो बढेपछि जिल्लाको जनजीवन प्रभावित भएको छ । यसैगरी, ढोरपाटनसहित बागलुङका उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ ।
गए रातिदेखि बाक्लो हिउँ परेको कारण जनजीवन प्रभावित भएको छ । हिमपातका कारण धारामा पानी जमेको छ । निरन्तर हिमपात भइरहेकाले स्थानीयलाई हिँडडुल गर्न कठिन भएको छ । ढोरपाटनसँगै निसीखोलाको रिग, पातीहाल्ने, खानीखोला, निसेलढोरमा पनि हिमपात भएको छ । हिमपातसँगै हिउँदे बाली सप्रने विश्वास स्थानीय किसानहरूले व्यक्त गरेका छन् ।
यस्तै हुम्लाको सदरमुकाम सिमकोट र उत्तरी नाम्खा गाउँपालिकाको विभिन्न स्थानहरूमा हिमपात भएको छ । हिउँ २ फिट भन्दा बाक्लो जमेको छ । हिमपातका कारण स्थानिय कृषकहरूले राहत महसुस गर्न थालेका छन । खेतबारीमा छरेको जेठासी बाली राम्रो हुने भएपछि कृषकहरू हर्षित भएका छन् ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,