News by: helpline
काठमाडौं । बिश्वासको मत पाउने संभावना नदेखेपछि मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले पदबाट राजीनामा दिनु भएको छ । गत सोमबार २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले परमादेश जारी गरेपछि मुख्यमन्त्री यादवले पदबाट राजीनामा दिनुभएको हो । आज बुधबार बिहान साढे ८ बजे प्रदेश सभाको बैठक बोलाइएकोमा मुख्यमन्त्री यादव अनुपस्थित भएपछि उहाँकै अनुरोधमा प्रदेश सभा बैठक २ बजेका लागि बोलाइएको थियो । प्रदेश सभा बैठकमा विश्वासको मत पाउने छाँट नदेखेपछि उहाँले मुख्यमन्त्री पदबाट प्रदेशसभाको बैठकमा नै राजीनामा गर्नुभएको हो ।
तत्कालीन मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल) ले राजीनामा दिएपछि नेकपा एमाले प्रदेश संसदीय दलका नेता यादव २३ कात्तिकमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । उहाँलाई प्रदेशसभाको सबैभन्दा ठूलो संसदीय दलको नेताका हैसियतमा संविधानको धारा १६८ (३) बमोजिम नियुक्ति गरिएको थियो ।उपचारका लागि भनेर काठमाडौं हिँड्नु भएकी तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले महोत्तरीको कालापानीस्थित पानस कटेज होटलमा २४ कात्तिकमा यादवलाई शपथ गराउनु भएको थियो । त्यसबिरुद्ध कांग्रेस लागायतका ७ दलका प्रदेश सभा सदस्यले सर्वाेच्च अदालतमा रिट हालेका थिए ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने